मंसिर ११ गते २०८३ || November 26, 2026

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


आइतबार, चैत २७ २०७८१२:५९

मोटरसाइकल दुर्घटना हुँदा  एकको मृत्यु

काठमाडौँ – तनँहुको व्यास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् ।

हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल आइतबार बिहान नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् । उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पुर्‍याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # दुर्घटना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend