मंसिर ११ गते २०८३ || November 26, 2026

पटाकाको आगोले खोस्यो ८ वर्षीय बालकको जीवन, पर्सामा दुःखद घटना


सोमबार, कात्तिक २४ २०८३०१:१५

पटाकाको आगोले खोस्यो ८ वर्षीय बालकको जीवन, पर्सामा दुःखद घटना

पर्सामा पटाका पड्काउने क्रममा जलेर एक ८ वर्षीय बालकको ज्यान गएको छ। तिहारको उल्लासकै बीच भएको यो घटनाले परिवारमा शोक छाएको छ।

पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका ८ वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो।

सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा अचानक बालकको छातीमा आगो लागेको थियो। आगोले गम्भीर रूपमा जलेपछि उनी बेहोस भएका थिए।

लगत्तै उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको बालकका बुबा मखु सहनीले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend