मंसिर ११ गते २०८३ || November 26, 2026

रुविना क्षेत्री र सिता रानामगरलाई नेपाल क्रिकेट संघद्वारा विदाई


शनिबार, वैशाख १७ २०७९०२:१४

रुविना क्षेत्री र सिता रानामगरलाई नेपाल क्रिकेट संघद्वारा विदाई

काठमाडौँ  - युएईमा यही वैशाख १८ देखि जेठ १ गतेसम्म अयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्न  जान लागेका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री र सिता रानामगरलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विदाई गरेको छ ।

रुविना र सितालाई क्यानका  कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, क्रिकेट प्रशिक्षक जगत टमटा, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायतले विदाई गरेका हुन्। रुविना र सिता शनिबार (आज) युएई जानेछन्।

क्रिकेट हङकङको आयोजनामा हुने टी-२० प्रतियोगितामा रुविनाले द बर्मी आर्मीबाट र सिताले टिम टोर्नाडोजबाट खेल्दै छन्। नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्न लागेको यो पहिलो पटक हो ।


  • सम्बन्धित विषय:

  • # खेल
  • # रुविना क्षेत्री र सिता रानामगर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend