मंसिर ११ गते २०८३ || November 26, 2026

नेपाल र जिम्बावे ए टोली बीचको पहिलो एकदिवसीय खेल स्थगित


शनिबार, वैशाख १७ २०७९०२:३८

नेपाल र जिम्बावे ए टोली बीचको पहिलो एकदिवसीय खेल स्थगित

काठमाडौँ - नेपाल र जिम्बावे ए टोली बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको खेल बर्षाका कारण स्थगित भएको हो । स्थगित खेल पुनः हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

टस समेत नभई स्थगित गरिएको खेल हुने अर्को दिन भने तय गरिएको छैन । नेपालले आइसिसी विश्वकप लिग–२ को तयारीका लागि जिम्बावेसँग तीन वटा एकदिवसीय र तीन वटा टी–२०  सिरिज खेल्न लागेको हो ।

यस सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले अन्तर्राष्ट्रिय मान्यता भने दिएको छैन । नेपालले जिम्बावेसँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा  वैशाख २३, २४ र २६ गते टी–२० सिरिज खेल्ने तालिका तय भएको थियो ।


  • सम्बन्धित विषय:

  • # नेपाल र जिम्बावे


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend