मंसिर ११ गते २०८३ || November 26, 2026

लोकप्रिय स्वतन्त्र उम्मेदवार बालेन शाह २५ हजार ६७ मतकासाथ अगाडि


बिहीबार , जेठ ५ २०७९११:५७

लोकप्रिय स्वतन्त्र उम्मेदवार बालेन शाह २५ हजार ६७ मतकासाथ अगाडि

काठमाडौं -  काठमाडौंको महानगरपालिका जारी मतगणनामा मेयरका लोकप्रिय स्वतन्त्र उम्मेदवार बालेन शाहले २५ हजार ६७ मत प्राप्त गरेका छन् । यस समाचार तयार गर्दासम्म कुल ६५ हजार २११ मत गणना हुँदा उनले ३८ प्रतिशत मत प्राप्त गरेका हुन्। 

उनको निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १३ हजार ३६ मत प्राप्त गरेका छन् । त्यस्तै, सत्ता गठवन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार २७५ मत प्राप्त गरेकी छन् । 


  • सम्बन्धित विषय:

  • # बालेन शाह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend