मंसिर ११ गते २०८३ || November 26, 2026

काठमाडौं महानगरपालिका - १४ को वडाअध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी


शुक्रबार, जेठ १३ २०७९०८:००

काठमाडौं महानगरपालिका - १४ को वडाअध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी

काठमाडौं - काठमाडौं महानगरपालिका ( १४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार श्रेष्ठले तीन हजार ४४२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रश्मि खड्काले तीन हजार ३४६ मत प्राप्त गरिन्।

सो वडाको महिला सदस्यमा एमालेकी शोभा कार्की तीन हजार १९७ र दलित महिलामा अनिता नेपाली तीन हजार १६२ मतसहित विजयी भएको छ ।

सदस्यद्वयमा कांग्रेसका अच्यूत सापकोटा  र एमालेका नवीन नकर्मी निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ। काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखको नतिजा भने शुक्रबार मात्र सार्वजनिक हुने भएको छ । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा एमालेका सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ । 

महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी भएको छ । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # सुमन श्रेष्ठ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend