मंसिर ११ गते २०८३ || November 26, 2026

सरकारले बालबालिकालाई असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउने


शुक्रबार, जेठ २० २०७९०९:५३

सरकारले बालबालिकालाई असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप  लगाउने

काठमाडौं - सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असार ९ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई चरणमा खोप लगाउने जानकारी जानकारी दिए।

मन्त्री खतिवडाका अनुसार सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको गरी खोप अभियान सञ्चालन गरिने भएको हो । बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने मन्त्री खतिवडाले जानकारी दिए ।

खोप सुरक्षित र प्रभावकारी भएकोले सबै अभिभावकलाई निर्धक भएर बालबालिकालाई खोप लगाउन मन्त्री खतिवडाले आग्रह  गरे। बालबालिकाहरुलाई खोप लगाउन सरकारले विद्यालयमानै खोप केन्द्र तोकेको छ । यसको लागि संघदेखि स्थानिय तहसम्म खोप कार्यक्रम सञ्चालन गर्न युएस आइडिले सहयोग गरेको मन्त्री खतिवडाले बताए ।

कोभ्याकस सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप आउने स्वास्थ्य सेवा विभागअन्तर्गतक आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिए । खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिका लागि खोप दिने प्रक्रिया अगाडि बढेको थियो ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म चार करोड ३४ लाख ४६ हजार ५०८ मात्रा खोप लगाएका छन् । जसमध्ये एक करोड ९० लाख २९ हजार ३३९ जनाले एकमात्रा र एक करोड ९९ लाख दुई हजार ५५ जनाले पूर्णमात्रा खोप लगाएका छन् । यसैगरी, ४५ लाख १५ हजार ११४ जनाले अतिरिक्तमात्र खोप लगाएका छन् ।  

यसअघि सरकाले सरकारले १२ वर्षका नागरिकलाई निशुल्क खोप अभियान संचालन गर्दै आएको छ ।  पूर्ण खोप लगाएको तीन महिना पुगेकाहरुलाई अतिरिक्त मात्र खोप लगाउन सरकाले आग्रह गर्दै  आएको छ।


  • सम्बन्धित विषय:

  • # सरकार
  • # बालबालिका


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend