मंसिर ११ गते २०८३ || November 26, 2026

राहुल गान्धी माथीको कैद सजाय कार्यान्वयन नहुने


पिपल अनलाइन
मंगलबार, चैत २१ २०७९०८:२८

राहुल गान्धी माथीको कैद सजाय कार्यान्वयन नहुने

 काठमाण्डौँ - मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ ।

आफूलाई मानहानि मुद्दामा दोषी ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध कांग्रेस आइका नेता गान्धीले सोमबार गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिएपछि अदालतले १३ अप्रिलसम्म तल्लो अदालतको फैसला कार्यान्वयन नर्गन आदेश दिएको छ। जसअनुसार उनले तत्काल कैद सजाय भोग्नु नपर्ने भएको छ।

अब १३ अप्रिलमा हुने पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयनसमेत हुने छैन। माथिल्लो अदालतले अर्को पक्षको उपस्थितिबिना अन्तिम फैसला दिन नमिल्नेसमेत बताई दिए पछि गान्धीलाई राहात मिलेको छ।

सन् २०१९ मा एक राजनीतिक सभामा ‘सबै मोदी किन चोर हुन्छन्’ भन्ने गान्धिले दिएको अभिव्यक्ती लिएर परेको मुद्दामा फैसला गर्दै तल्लो अदालतले उनलाई दोषी ठहर गरिएको थियो। जसअनुसार अदालतले सांसद पदका लागि अयोग्य तथा दुई बर्षसम्म जेल सजाय तोकी दिएको थियो।


  • सम्बन्धित विषय:

  • # राहुल गान्धी माथीको कैद सजाय कार्यान्वयन नहुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend