मंसिर ११ गते २०८३ || November 26, 2026

चितवनको रत्ननगरमा भारतीय नम्वरको स्कार्पियो जीप दुर्घटना 


बिहीबार , जेठ २६ २०७९०१:४६

चितवनको रत्ननगरमा भारतीय नम्वरको स्कार्पियो जीप दुर्घटना 

चितवन - पूर्वी चितवनको रत्ननगरमा भारतीय नम्वरको स्कार्पियो जीप रोकिराखेको ट्रकमा ठोक्किदाँ जीपमा चढेका पाँचजना घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्ग अन्र्तगत रत्ननगर नगरपालिका वडा नं. ३ वेल्सीमा बिग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाण्डौं जादै गरेको बिआर०५ पीए ९९७४ नम्वरको स्कार्पियो ठोक्किएको थियो । दुर्घटनामा परी जीपमा सवार वारा कलैया घर भएका ४२ वर्षीय राजिवप्रसाद कुर्मी, सोही स्थान घर भएका ६० वर्षीय रामबाबु साह, ६१ वर्षीय महमदबाबु खान, ४० वर्षीय सिलादेवी साह र वाराको गढीमाइ नगरपालिका वडा नं. १० का ३२ वर्षीय रामजीप्रसाद साह घाइते भएका छन् । 

विहान ४ः२० बजे भएको दुर्घटनामा घाइते भएका यात्रुको पुरानो मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइराखेको छ । दुवै सवारी साधानलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # दुर्घटना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend