उर्लाबारी - मोरङको पथरीशनिश्चरे १ पानीट्याङ्की लाइनमा बस्ने २९ वर्षीया सुमित्रा राईले आफ्नै दिदी ४० वर्षीया लक्ष्मी राईको घाँटीमा खुकुरी प्रहार गरेकी छन् ।
राईलाई प्रहरीले पक्राउ गरेको छ भने गम्भीर घाइते भएकी राईको विराटनगरमा उपचार सुरु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम जानकारी दिनुभयो ।
बिहीबार राति ९ बजे सुमित्राले दिदी लक्ष्मीलाई घाँटीमा खुकुरी प्रहार गरेकी थिइन् । उनीहरू दुबै जना माइतमै बस्दै आएका थिए ।