मंसिर ११ गते २०८३ || November 26, 2026

काठमाडौंमा हैजाका बिरामी बढ्दै, थप तीन जनामा आंशका   


आइतबार, असार ५ २०७९११:०८

काठमाडौंमा हैजाका बिरामी बढ्दै, थप तीन जनामा आंशका   

काठमाडौं - काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन्। आइतबार मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप तीन जनामा हैजाको आंशका गरिएको हो। तीनै जनालाई हैजाको आशंकामा भर्ना गरिएको अस्पतालका निर्देशक डा. मनिषा रावलले जानकारी दिए।

डा रावलका अनुसार  काठमाडौंका विभिन्न ठाउँबाट ६५, ५५  र २८ वर्षीय तीन जना हैजाका लक्षण लिएर आएपछि आईसीयूमा भर्ना गरिएको हो। 

उनिहरुलाई हैजा भए नभएको पुष्टि गर्न थप परीक्षणका लागि पठाएको डा रावले जानकारी दिए । प्रदूषित पानी र खानाका कारण गर्मी महिनामा झाडापखालाका कारण हैजाका बिरामी बढ्दै गएकोले सचेत रहन डा. रावलले आग्रह गरेको छ। 

आइतबार अस्पतालमा भर्ना भएका बागबजारका दुई दिदी बहिनीमा हैजा पुष्टि भएको थियो।  दिसाको कल्चर गर्दा  हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी दिए।  


  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • # हैजा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend