मंसिर ११ गते २०८३ || November 26, 2026

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, ९ घाइते


पिपल अनलाइन
सोमबार, वैशाख ४ २०८००७:३२

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, ९ घाइते

एजेन्सी - दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

आगलागीमा ९ जना घाइते भएका हुन् । दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो ।

आगलागीको कारण बारेमा केही खुलाइएको छैन । मृत्यु हुनेमा ४ भारतीय र ३ जना पाकिस्तानी नागरिक रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, ९ घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend