मंसिर ११ गते २०८३ || November 26, 2026

हैजाको पछिलो अपडेट : थप दुई जनामा पुष्टि 


मंगलबार, असार ७ २०७९११:१०

हैजाको पछिलो अपडेट : थप दुई जनामा पुष्टि 

काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप दुई जनामा हैजा पुष्टि भएको छ। आइतबार  हैजाको आशंकमा अस्पतालमा भर्ना भएका तीन जना मध्ये दुई जनामा हैजा पुष्टि भएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिए । 

उनीहरुलाई हैजा भए नभएको पुष्टि गर्न दिसाको कल्चर गर्दा  हैजा पुष्टि भएको गौतमले जानकारी दिए। गत आइतबार अस्पतालमा भर्ना भएका वगबजारका दुई दिदी बहिनीमा हैजा पुष्टि भएको थियो।

चार जना बिरामीमध्ये एक जना डिस्चार्ज हुनुभएको छ। गौतमका अनुसार तीन जना हैजाका बिरामीको  स्वास्थ्य सामान्य छ।अस्पतालमा दैनिक १० जना बिरामी झाझापखाला लागेर आउने गरेको गौतम बताछन्। प्रदूषित पानी र खानाका कारण गर्मी महिनामा झाडापखालाका कारण हैजाका बिरामी बढ्दै गएकोले सचेत रहन चिकित्सकको सुझाव छ।


  • सम्बन्धित विषय:

  • # हैजा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend