मंसिर ११ गते २०८३ || November 26, 2026

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित


बिहीबार , असार १६ २०७९११:२५

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

काठमाडौं - बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार (आज) बसेको बैठकमा सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरिएको हो ।
 
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९-०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ बजेटको ल्याएको छ ।
 
सरकारको आगामी आर्थिक वर्षको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालु तर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend