मंसिर ११ गते २०८३ || November 26, 2026

पुलिसद्वारा कर्णाली प्रदेश ९ विकेटले पराजित


आइतबार, भदौ २६ २०७९१०:२१

पुलिसद्वारा  कर्णाली प्रदेश ९ विकेटले पराजित

काठमाडौं - विभागीय टिम नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा सहज जित निकालेको छ । आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ८६ रनको लक्ष्य पुलिसले १० ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि सुनिल धमलाले ४४ तथा कुशल भुर्तेलले अविजित ३९ रन बनाए ।

कर्णाली प्रदेशका प्रकाश जैसीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन बनाएको थियो । कर्णालीका लागि कप्तान रविन्द्रजंग शाहीले २७ रन बनाए । त्यस्तै विपिन रावलले १७ रन बनाए ।

पुलिसका लागि दिपेन्द्र ऐरी र ललित राजवंशीले तीन तीन विकेट लिए । पहिलो जित हात पारेको पुलिसले २ खेलमा ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली प्रदेशको भने ३ खेलबाट २ अंक छ ।


  • सम्बन्धित विषय:

  • # खेल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend