चितवन, भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
भरतपुरमा आइतबार शुरु भएको भरतपुर महानगरपालिकाको १३ औं नगरसभाको अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट पेस गर्नुभएको हो । उक्त बजेट अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपियाँले बढी रहेको छ।
महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपियाँ विनियोजन भएको छ । चालु आर्थिक वर्ष दुई करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।