वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अहिलेको जनता समाजवादी पार्टी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी अहिले केन्द्रीय सदस्य समेत रहेका थिए।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मेयर सरावगीलाई फूलमाला लगाएर पार्टी प्रवेश गराउनुभएको नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष तथा इन्चार्ज प्रभु हजराले गोरखापत्रलाई बताए नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन् वीरगञ्ज आउनुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख विजयकुमार सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवार, वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नम्बर २५ का वडा अध्यक्ष अवध किशोर कुशवाह, माओवादी केन्द्रका नेता बाबुराम कौशिक लगायतलाई फूलमाला पहि¥याई टीका लगाएर पार्टीमा स्वागत गरेको नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष तथा इन्चार्ज हजराले जानकारी दिए ।
जसपाभित्रका केही नेता र कार्यकर्ताहरुले आफूलाई अफ्ठ्यारोमा पारेको भन्दै पार्टीको बैठकहरुमा समेत पार्टी परित्याग गर्ने जनाउँदै आएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगी शनिबार आधिकारिकरुपमा नेकपा एमालेमा प्रवेश गरेको।
जसपा त्यागेर सुरुमा नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्ने चर्चा चले पनि नेताहरुसँग कुरा नमिलेपछि उनि एमाले प्रवेश गरेको बताइएको छ ।
नगरप्रमुख सरावगीले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेटघाट गरी छलफल गरे पनि जिल्लाका काँग्रेस पार्टीका नेताहरुले साथ नदिएपछि उनि ओलीसँग भेटघाट गरेर एमाले प्रवेश गरेको समाचार श्रोतले जनाएको छ । सरावगीलाई पार्टीमा स्वागत गदै पूर्व प्रधानमन्त्री ओलीले नेकपा एमाले मुद्दा उठाएर, मुद्दा देखाएर मुद्रा कमाउने पार्टी नभएर जनताका वास्तविक समस्यालाई समाधान गर्ने पार्टी भएको दाबी गरे।