मंसिर ११ गते २०८३ || November 26, 2026

ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ


पिपल अनलाइन
सोमबार, असार १८ २०८००३:१६

ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

 काठमाडौँ - बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सीआईबीले हिजो आइतबार मात्रै सोही प्रकरणका तीन जनालाई पक्राउ गरेको थियो । त्यसअघि सात जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।

 


  • सम्बन्धित विषय:

  • # ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend