मंसिर ११ गते २०८३ || November 26, 2026

सुनचाँदीको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


पिपल अनलाइन
शुक्रबार, असार २२ २०८०१२:२४

सुनचाँदीको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा खरिद गर्न सकिने तेजावी सुनको भाउ आज बढेर १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ । 

यता, चाँदी भने प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुनचाँदीको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend