मंसिर ११ गते २०८३ || November 26, 2026

सुनचाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, प्रतितोला मुल्य कति ? 


पिपल अनलाइन
बिहीबार , साउन ४ २०८०१२:५२

सुनचाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, प्रतितोला मुल्य कति ? 

 काठमाडौँ - नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

आज सुनको मूल्य हालसम्मकै महंगो मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीले पनि ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।

चाँदी हालसम्मकै महँगो मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend