मंसिर ११ गते २०८३ || November 26, 2026

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै 


पिपल अनलाइन
शुक्रबार, साउन ५ २०८०११:४७

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै 

काठमाडौँ - ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा  सर्वोच्च अदालतले आज निर्णय सुनाउन लागेको हो ।  

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमवारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । हिजो सुनुवाइ सकिएपछि सर्वोच्चले आज निर्णय सुनाउन लागिएको हो ।  


  • सम्बन्धित विषय:

  • # ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend