मंसिर ११ गते २०८३ || November 26, 2026

युट्युबले दिएको अधिकार खोस्ने 'लोक दोहोरीगीत प्रतिष्ठान' को हो ? भन्दै जंगीए ज्योति मगर


बिहीबार , जेठ ३१ २०८१०४:५२

युट्युबले दिएको अधिकार खोस्ने 'लोक दोहोरीगीत प्रतिष्ठान' को हो ? भन्दै जंगीए ज्योति मगर

काठमाडौं - अहिले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले दोहोरीमा देखिएको विकृति न्यूनिकरण गर्न भनेर धेरै कदमहरू चालिरहेको छ। यस्तोमा लोकदोहोरी गायिका ज्योति मगरले प्रतिष्ठानप्रति आक्रोशित हुँदै प्रश्न गरेकी छन्।

गुगलले देशअनुसार डिजिटल प्लाटफर्मको मापदण्ड तयार गरेको भन्दै प्रतिष्ठानलाई सोधेकी छन् – 'गुगलले नितान्त सामाजिक समूहमा, मनोरन्जनात्मक समूहमा अपलोड र प्रसारण गर्ने अनुमती दिएको कसैको सामग्रीलाई हटाउने आदेश दिने तिमी को?' 
 
स्वतन्त्र कलाकारलाई त्यसरी स्पष्टीकरण सोध्न नमिल्ने ज्योतिको तर्क छ। उनले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त कुरा उल्लेख गरेकी हुन्।

केही नयाँ तरिका अपनाएर मनोरन्जनात्मक कुराहरू तयार पारेर युट्युबमा राखेर आएको आम्दानीबाट घरखर्च चलाएका र पेट पालेका कलाकारको आम्दानी बन्द गराएर प्रतिष्ठानले उनीहरूको पेटमा लात हान्ने प्रयास गरेको ज्योतिको आरोप छ। उनले यसअघि पनि सामाजिक सञ्जालमा स्टाटस् लेख्दै प्रतिष्ठानको कदमप्रति आक्रोश पोखेकी थिइन्।


  • सम्बन्धित विषय:

  • # ज्योति मगर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend