मंसिर ११ गते २०८३ || November 26, 2026

नगरपालिकाले यसरी दिदैछ घरदैलोमा नै स्वास्थ्य सेवा


मंगलबार, साउन २२ २०८१०८:०६

नगरपालिकाले यसरी दिदैछ  घरदैलोमा नै  स्वास्थ्य सेवा

महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नै  घरदैलोमा स्वास्थ्य सेवाहरु दिन थालेको छ 

घरदैलो कार्यक्रममार्फत मनरा शिसवा नगरपालिकाले स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाको आयोजनामा स्थानीय बासिन्दाको घर घरमा गएर सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा दिन थालेको हो ।

यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक र बालबालिकाहरुलाई सेवा प्रदान गरि घर दैलो कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाका मेयर मोहन पाण्डेले बताउनु भएको छ  । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप प्रत्येक वडाकाे घरदैलोमा सेवा विस्तार गरिएको हो।

साथै महिलाहरुको लागी सुत्केरी सेवा हरेकको अस्पतालमा होस् , बच्चाहरु कुपोषणको शिकार हुन नपरोस भन्ने उदेश्यले पनि यस्ता सेवा दिन थालेको उहाँले बताउनु भएको छ ।

उक्त सेवामार्फत उपचारको लागि स्वास्थ्य चौकीमा जान नपर्ने र जेष्ठ नागरिकले घरमै बसेर सेवा लिन सक्ने छन् । स्वास्थ्य चेक जाँच गर्ने क्रममा मधुमेह, श्वासप्रश्वास समस्या र केहि अन्य रोगहरुको लक्ष्ण र रोगी  देखापरेको छ । यो सेवा वडा नम्बर १देखि वडा १० सम्म अहिले संचालन रहेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend