मंसिर ११ गते २०८३ || November 26, 2026

साफ यु–२० फुटबल : नेपाल फाइनलमा


आइतबार, भदौ ९ २०८१०५:४८

साफ यु–२० फुटबल : नेपाल फाइनलमा

आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ साफ यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेस गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा नेपालले बाजी मारेको हो । नेपालको जितमा गोलरक्षक जियारत शेख नायक बन्नुभयो । उहाँले भुटानको दुई पेनाल्टी बचाउनुभयो । 

फाइनलमा नेपालले भारत र बङ्गलादेशबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भुटानले दोस्रो हाफमा सुरुवाती अग्रता लिएको थियो । ५६औँ मिनेट मिनेटमा जेत्सन दोर्जीले गोल गर्दै नेपाली सर्मथकलाई निरास बनाउनुभयो । त्यसपछि ७७औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो । 

त्यसपछि नेपालका निराजन धामीले ७७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । भुटानका किन्जाङ तेन्जिङ दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिनु भयो । तेन्जिङकै फमा प्राप्त फ्रिकिक पासमा निराजनले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको हो । 

त्यसपछि सोझै टाईब्रेकरमा पुगेको खेलमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले पहिलो प्रहारमा गोल गर्नुभयो । दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङतानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाउनुभयो । 

त्यसपछि नेपालका सेमन्त थापाको तेस्रो प्रहार गोल भयो । भुटानका उग्वेन जिग्मेको तेस्रो प्रहारलाई जियारतले पुनस् विफल पार्नुभयो । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गर्नुभयो । 

भारत र बङ्गलादेशबिचको दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ । फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend