मंसिर ११ गते २०८३ || November 26, 2026
संविधान दिवसमा छुट्दै एक हजार बढी कैदी, प्रचण्ड सरकारको सूची पनि समेटियो (सूचीसहित)

संविधान दिवसमा छुट्दै एक हजार बढी कैदी, प्रचण्ड सरकारको सूची पनि समेटियो (सूचीसहित)


पिपल अनलाइन
बिहीबार , भदौ २० २०८१०५:०५

संविधान दिवसमा छुट्दै एक हजार बढी कैदी, प्रचण्ड सरकारको सूची पनि समेटियो (सूचीसहित)

काठमाडौं ।  असोज ३ गते संविधान दिवसका अवसरमा एक हजार बढी कैदीबन्दीको सजाय मिनाहा हुने भएको छ ।उनीहरुलाई कैद मिनाहा गरेर सरकारले मुक्त गर्ने तयारी गरेको हो । सजाय मिनाहा पाउन लागेकाहरुको सूची कारागार व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको छ ।

विभागले गत असार ९ गते ७ दिने सार्वजनिक सूचना निकालेर ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली प्रकाशित गरेको थियो । उनीहरु छुट्न नपाउँदै विभागले मंगलबार थप ४९२ जनाको नामावलीसहित थुनामुक्त हुनेहरूको सूचीसहित सात दिने सूचना निकालेको छ । टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी र रिगल भनिने योगराज ढकालको बाँकी कैद माफी मिनाहा गरेपछि जनस्तरबाट चर्को चालोचना भएको थियो ।

यो मुद्दा सर्वोच्च अदालतमा समेत पुग्यो र अदालतले कैद माफीलाई बदर गरिदियो । अदालतले न्यायीक निर्णयको परिणामस्वरुप तोकिएको कैद सजाय कार्यकाररिणीको स्वेच्छाचारी तजबिजमा माफी, मिनाहा वा कैद कट्टी हुन नसक्ने फैसला गरेको थियो । माफी दिँदा पीडितको कुनै जानकारी नै नभएको कुरालाई सर्वोच्चले केन्द्रमा राखेर कैद माफिलाई बदर गरेको थियो ।

 


  • सम्बन्धित विषय:

  • # संविधान दिवसमा छुट्दै एक हजार बढी कैदी, प्रचण्ड सरकारको सूची पनि समेटियो (सूचीसहित)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend