मंसिर ११ गते २०८३ || November 26, 2026

ट्यांकरले ठक्कर दिँदा दुई बालकको घट्नास्थलमै मृत्यु : '' स्थानीयद्वारा ट्यांकर आगलागी ''


आइतबार, चैत १० २०८१०७:१०

ट्यांकरले ठक्कर दिँदा दुई बालकको घट्नास्थलमै मृत्यु : '' स्थानीयद्वारा  ट्यांकर आगलागी ''

बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ। 

आइतबार अपरान्ह स्थानीय नौरीगौढी ईंगलिश मेडियम स्कुलबाट पढेर घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख १४१७ नम्बरको ट्यांकरले ठक्कर दिंँदा दुबैजना बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार मृत्यु हुने बालकमा विशाल कुमार गोडिया र शिव कुमार गोडिया रहेको  छन । आक्रोशित भएका स्थानीयले साइकललाई ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन्।

दुर्घटनामामा मृत्यु भएका बालकको शव अझै घट्नास्थलमै रहेको छ भने बेतहनी चोक र सो वरिपरि ठुलो संख्यामा स्थानीय भेला भएका छन्। ट्यांकरका चालकले मादक पदार्थ सेवन गरेको र उनले ट्यांकरलाई ब्याक गरेर बालकलाई मारेको आरोप बालकका पिता हरिद्धार गोडियाले लगाएका  छन । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend