मंसिर ११ गते २०८३ || November 26, 2026

हामी डेढ घण्टा कुर्‍यौँ, शिक्षकहरू वार्तामै आएनन् : शिक्षामन्त्री भट्टराई


शुक्रबार, चैत २२ २०८१०६:२७

हामी डेढ घण्टा कुर्‍यौँ, शिक्षकहरू वार्तामै आएनन् : शिक्षामन्त्री भट्टराई

आन्दोलनरत शिक्षक महासङ्घका प्रतिनिधिहरू अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा कार्य  वाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, संसद्को प्रमुख सचेतक, दलका मुख्य सचेतकहरूसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो । 

डेढ घण्टा कुर्दा समेत शिक्षक महासङ्घ एवम् शिक्षक प्रतिनिधिहरूको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टराईले जानकारी दिइन् । 

उनले भनिन्,‘सरकार लचिलो भएर प्रस्तुत भइरहेको छ । शिक्षकका मागहरूलाई दृढताकासाथ सम्बोधन गरेर अगाडि बढिरहेको छ । मन्त्रालय मात्र नभई सिङ्गो सरकार, संसद्को प्रमुख सचेतक, दलका मुख्य सचेतकहरूसहितको उपस्थितिमा आह्वान गरेको थियौँ तर उहाँहरू आउनुभएन । औपचारिक खबर पनि आएन । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend