मंसिर ११ गते २०८३ || November 26, 2026

रविलाई पक्राउ गर्न गएका प्रहरीले 'अन्तिम इच्छा' सोधेपछि निम्तिएको विवाद


शनिबार, चैत २३ २०८१०१:५२

रविलाई पक्राउ गर्न गएका प्रहरीले 'अन्तिम इच्छा' सोधेपछि निम्तिएको विवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न शुक्रबार बेलुका उनकै घरमा प्रहरी पुग्यो।

लामिछानेका समर्थकहरू पनि उनको घर पुगेका थिए। प्रहरी पुगेपछि त्यहाँ सामान्य  विवाद भएको थियो। त्यसको भिडिओहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

रविका समर्थक प्रमोद न्यौपानेसँगको कुराकानीको क्रममा उनले अन्तिम इच्छा सोध्न भनेका थिए। त्यसपछि त्यहाँ उपस्थित अन्यले अन्तिम इच्छा भनेको के हो भनेर सोधेका थिए।

डिएसपी खड्काले प्रष्टीकरण दिँदै ‘एकचोटी कानुन व्यवसायीहरूसँग कुरा गरेर जाने भन्नुभएको होइन? त्यही हो अन्तिम इच्छा’ भनेका थिए।

त्यसपछि त्यहाँ डिएसपी खड्का र रविका समर्थकहरुबीच विवाद भएको थियो। पक्राउ गर्न गएको प्रहरीले अन्तिम इच्छा सोधेको भनेर उनीहरूले आपत्ती जनाए।

सुरूमा पक्राउ पुर्जी नै नल्याइएको भन्दै रवि लामिछाने र उनका समर्थकहरूले प्रश्न गरेका थिए। त्यसपछि प्रहरीले त्यही बसेर पुर्जी लेखेको थियो।  

प्रहरीले उनकै अगाडि पुर्जी लेख्न थालेपछि लामिछानेले प्रश्न उठाएका थिए। ‘म जान तयार नै छु त, लैजानुस् न कति समयमा लैजानुहुन्छ।… पक्राउ पुर्जी जारी हुनु परेन र मलाई लैजान?,’ रविले एक प्रहरीतर्फ देखाउँदै लामिछानेले भने, ‘ए अहिले लेख्ने तपाईंले अब?’

अर्का एक प्रहरीले भने अदालतकै पक्राउको आदेश आइसकेको भन्दै जवाफ फर्काएका थिए। यसरी त्यहाँ केहीबेर जवाफसवाल समेत भयो।

यसबारेमा हामीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतलाई पक्राउ गर्न गएको प्रहरीले किन अन्तिम इच्छा सोधेको भनी प्रश्न गरेका छौं।

‘पक्राउ पुर्जी नै चाहिँदैन। अदालतले निर्णय गरेर थुनामा पठाउनू भन्ने आदेश दिइसकेको छ। अदालतकै आदेशको पत्र लिएर जाने हो ,’ उनल भने, ‘कैद सजाय भएर फरार भएकाहरूलाई पक्राउ गर्दा पनि पुर्जी दिँदैनौं,त्यस्तै हो।’




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend