मंसिर ११ गते २०८३ || November 26, 2026

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा 


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०२:५६

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा 

काठमाण्डौ - बलात्कारको अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनको निवेदनमाथि बिहीबार सुनुवाइ हुन सकेन । काठमाडौं जिल्ला अदालतले बलात्कारको मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसका विरुद्ध उनले मंसीर २९ गते उच्च अदालत, पाटनमा निवेदन दिएका थिए । त्यसमाथि आज उच्च अदालतमा सुनुवाइ तोकिएको थियो । उनको निवेदनमाथि न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलाशमा पाँचौं नम्बरमा रहेको थियो ।

बिहीबार दिउसो खाजा समयअघि तीन वटा निवेदनमाथि सुनुवाइ भएको थियो। त्यसपछि एउटा निवेदनमाथि सुनुवाइ भएको छ । पाँचौ नम्बरमा रहेको लामिछानेको निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । जसले गर्दा आज सुनुवाइ हुने सकेन । भदौ ५ गते राति नाबालिकालाई लामिछानेले गौशालास्थित एक होटलमा पुर्‍याएर जबर्जस्ती करणी गरेको आरोप छ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेलमा छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend