काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
काठमाडौंका सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले महासंघको कार्यक्रमअनुसार सोमबारदेखि शैक्षिक हड्ताल गर्ने भएका हुन्।
‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ भने २०८१ मा एसईई दिएका बिधार्थीको नतिजा प्रकाशमा भने ढिला सुस्ती हुने भएको छ