मंसिर ११ गते २०८३ || November 26, 2026

राजावादीको आन्दोलन नसेलाउँदै देशभरका शिक्षकहरू सडकमा उत्रिए फेरि स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारि


आइतबार, चैत २४ २०८१०६:३५

राजावादीको आन्दोलन नसेलाउँदै  देशभरका शिक्षकहरू सडकमा उत्रिए  फेरि स्वास्थ्यकर्मीहरुको  प्रदर्शन जारि

नेपालको विगत हेर्ने हो भने चैत महिना आन्दोलनका लागि उपयुक्त समय हो । अहिले पनि यही चैत महिनामा एकपछि अर्का पेशागत समूह र दलहरू सडकमा छन् ।

चैत १५ गते राजावादीहरूले आन्दोलन गर्दा दुईजनाले काठमाडौंको तीनकुनेमा ज्यानै गुमाए । त्यही दिन माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको विरोध सभा भृकुटीमण्डपमा शान्तिपूर्ण रुपमा सकियो ।

राजावादीको आन्दोलन नसेलाउँदै चार दिन यता देशभरका शिक्षकहरू कानुन मान्दै आन्दोलनमा छन् । सोमबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरको सडकमा सिठ्ठी बजाउँदै प्रदर्शन गरे ।

उनीहरूको प्रदर्शन जारी रहँदै गर्दा माइतीघरमण्डलमा स्वास्थ्यकर्मीको पोशाकसहित डाक्टर र नर्स देखिए। मन्त्रिपरिषद्‍बाट पारित भएको न्यूनतम् तलब ४८ हजार नदिई    १९५०० मात्रै दिएर श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित भएका  हुन् ।   




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend