मंसिर ११ गते २०८३ || November 26, 2026

डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु


सोमबार, चैत २५ २०८१०५:२३

डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो करिब १२ बजे बडीकेदार गाउँपालिका– ३ देउथान स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोही गाउँपालिका– ३ देवलका २७ वर्षीय सन्तोष गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जनजागरण समुदाय वनको सडापडा (सडीगलेका) काठ संकलन गरी नजिकै सेलानेको खोलामा जम्मा गर्न लैजाँदै गर्दा मिनीट्रक अनियन्त्रित भइ सडक किनारमा पल्टेको थियो।  काठले च्याप्पिएर गुरुङको मृत्यु भएको बताइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend