मंसिर ११ गते २०८३ || November 26, 2026

शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकारले आलस्य र गैरजिम्मेवारीपन देखायो


शुक्रबार, चैत २९ २०८११२:४५

शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकारले आलस्य र गैरजिम्मेवारीपन देखायो

देशभरबाट आएका शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन सुरु गरेको ९ दिन भयो तर, सरकारसँग सहमति जुटेको छैन । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलित भएका हुन् ।

सरकारले पटक-पटक वार्तामा बोलाए पनि ऐन जारी गर्ने सुनिश्चित नभएसम्म नजाने अडान महासंघ बिहीबार भने सरकारसँग छलफलमा बस्यो । महासंघका सहअध्यक्ष नानुमाया पराजुलीमो नेतृत्वमा शिक्षा मन्त्रालयमा वार्ता भएपनि सहमति भएन । र, महासंघले आन्दोलनलाई निरन्तरता दिने बताएको छ ।

‘राज्य सञ्चालकहरूमा देखिएको आलस्य, शिक्षाप्रतिको गैरजिम्मेवारीपन तथा संवेदनहीनता विरुद्ध हामी लडिरहेका छौं । देशको विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटो हिंडाउने महाअभियानमा छौं’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीको हितका पक्षमा लडिरहेका छौं । हामीलाई थाक्ने गल्ने सुविधा छैन । त्यसैले आन्दोलनको मोर्चामा अझ कटिबद्ध भएर लाग्छौं ।

वार्तामा सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराई नेतृत्वको टिम थियो । सरकारले आन्दोलन छोडेर वार्ता र संवादलाई निरन्तरता दिन महासंघलाई आग्रह गरेको छ । 

 तीन विकल्पमध्ये एउटाबाट ऐन जारी गर्ने सुनिश्चितता गरेमा मात्र वार्तामा बस्ने अडान महासंघको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend