मंसिर ११ गते २०८३ || November 26, 2026

सिद्धि गणेश मा.विको एस.ई.ई. नतिजा शत प्रतिशत


सोमबार, असार १६ २०८२११:२३

सिद्धि गणेश मा.विको एस.ई.ई. नतिजा शत प्रतिशत

सिद्धि गणेश मा.वि बाट २०८१ को एस. ई.ई. परीक्षामा  शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

काठमाडौं महानगरपालिकामा रहेको  उक्त विद्यालयमा ४०  जना परिक्षार्थी एसईई मा सहभागी थिए । सोहि नतिजामा  ४ जनाले A+  १६ जनाले A र २० जनाले B+ल्याई उत्कृष्ट नतिजा ल्याउन सफल भएको सोहि विद्यालयका प्राधानाध्यापक मधुलाल गौतमले जानाकारी दिनु भएको छ ।

‘‘विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’’ प्रअ गौतमले भन्नुभयो  ।

नतिजाका लागि अहोरात्र खट्नुहुने विषय शिक्षकहरु, प्यारा विद्यार्थी भाइबहिनीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार। राष्ट्र कै उत्कृष्ट विद्यालय बनाउने दुरदृष्टि, योजना र रणनीति सहित नयाँ, उर्जाशिल र अथक टिम निर्माण भएकोमा, अत्यन्तै खुशी रहेको समेत प्रधानाध्यापक   गौतमले  व्यक्त गर्नुभएको छ  ।


  • सम्बन्धित विषय:

  • # सिद्धि गणेश मा.वि


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend