मंसिर ११ गते २०८३ || November 26, 2026

अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध


शनिबार, असार २१ २०८२१२:२५

अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध

 मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भएको जनाएको छ । उक्त स्थानमा सडक क्षति पुगेकाले मर्मत गर्ने (फिलिङ गर्ने) काम भइरहेको विभागले जनाएको छ । यो राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको छ ।

साथै  काभ्रेपलान्चोकको बनेपा नगरपालिका ४ र १ को सीमा जोड्ने पुल शुक्रबार राति भाँचिएपछि नाला–च्यामासिङ सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend