मंसिर ११ गते २०८३ || November 26, 2026

भोजपुर घटना: हत्या गरिएका चारै जनाको शव पोस्टमर्टमको लागि धरान पठाइयो


सोमबार, असार २३ २०८२१०:४१

भोजपुर घटना: हत्या गरिएका चारै जनाको शव पोस्टमर्टमको लागि धरान पठाइयो

भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको पोस्टमर्टमका लागि धरान पठाइएको छ।

जिल्ला अस्पतालमा फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि शव पोस्टमर्टमका लागि सोमबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो।

 भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend