मंसिर ११ गते २०८३ || November 26, 2026

प्रकाशमान सिंह - नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन्


शनिबार, असार २८ २०८२११:५६

प्रकाशमान सिंह - नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन्

 सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए।

उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ। यसको सदुपयोग गर्नुपर्छ। हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ। भएको कुरा केही होईन र हुदैँ नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने। नेपालमा प्रशस्त सम्भावनाहरु छन्।’

यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुदैँन् भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend