मंसिर ११ गते २०८३ || November 26, 2026

आज बुबाको मुख हेर्ने दिन,कुशे औंसी


शनिबार, भदौ ७ २०८२११:४०

आज बुबाको मुख हेर्ने दिन,कुशे औंसी

जीवनको पहिलो शिक्षक, हाम्रो शक्ति दिने आधार,
निःशर्त माया गर्ने, कहिले नथाक्ने सहारा भनेका — बुबा हुनुहुन्छ। आजको विशेष दिन बुबाको मुख हेर्ने दिन मा,
आउनुस् उहाँप्रति हाम्रो स्नेह, कृतज्ञता र सम्मान शब्दमा व्यक्त गरौँ।

बुबाको माया नदीजस्तो, कहिले नरोकिने धार,
सधैं छाताजस्तो फैलिने, सुख-दुःखको आधार।

पसिनाको बूँदमा लुकेको छ, हाम्रो उज्यालो बिहान,
त्यो न्यानो हृदय बिना अधुरो छ हाम्रो संसार, हाम्रो प्राण।

आज बुबाको मुख हेर्ने दिन,
हाम्रो सम्मान छिनभरको होइन —
जन्म-जन्मान्तरसम्म तिमी नै हाम्रो गौरव,
तिमी नै हाम्रो असली हिरो, हाम्रो भगवान। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend