डिल्लीबजार कारागारबाट भाग्ने प्रयासमा जेलबाट बाहिर निक्लिएका कैदीबन्दीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार कैदीहरूले ढुंगामुढा र नाराबाजी गर्दै भाग्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो। त्यसपछि सेनाको टोली परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको हो।
‘बन्दीहरू भाग्न खोजेका थिए। नेपाली सेनाले उनीहरूलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ,’ प्रवक्ता बस्नेतले बताए।