मंसिर ११ गते २०८३ || November 26, 2026

कर्मचारीले नियमित कामको बैठकमा भत्ता नपाउने


बुधबार, असोज ८ २०८२१०:५२

कर्मचारीले नियमित कामको बैठकमा भत्ता नपाउने

अब सार्वजनिक निकायका पदाधिरकारी र कर्मचारीले नियमित कामको बैठकमा भत्ता नपाउने भएका छन् । यही ५ असोजमा बसेको मन्त्रिपरिषद्‌को बैठकले सो निर्णय गरेको हो।

‘सार्वजनिक निकायमा पदाधिकारी र कर्मचारीहरूलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नगराउने। तर, कानुनबमोजिम गठन भएको समितिको काममा कार्यालय समयबाहेकको बैठकको भत्ता उपलब्ध गराउन सकिने,’ अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पत्रमा उल्लेख छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend