नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को उद्घाटन खेलका लागि उपलब्ध सबै टिकट बिक्री भइसकेको छ । आजबाट सुरु हुने एनपीएलको पहिलो खेलका लागि कुनै पनि टिकट बाँकी नरहेको नेपाल क्रिकेट संघ (क्यान) ले भनेका छन् । टिकट नपाएका दर्शकहरूलाई रङ्गशालामा भीडभाड नगर्न र घरमै बसेर खेलको आनन्द लिन बताएका छन् ।
टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकहरूले रङ्गशालामा आएर हुलहुज्जत नगर्नुहोला । पारस खड्काले सामाजिक सञ्जालमार्फत् एक भिडियो सन्देशमा दर्शकहरूलाई विनम्र अनुरोध गरेका छन्।
पहिलो खेलका लागि क्यानले करिब आठ हजार टिकट बिक्री गरेका थिए । यसका अतिरिक्त, करिब दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक र आयोजकका लागि छुट्याइएको थियो । थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि सुरक्षित गरिएको छ ।