मंसिर ११ गते २०८३ || November 26, 2026

युके पठाइदिन्छु भन्दै रकम ठगी गरेका २ जना पक्राउ


मंगलबार, मंसिर २ २०८२०४:३५

युके पठाइदिन्छु भन्दै रकम ठगी गरेका  २ जना  पक्राउ

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेका  २ जनालाई प्रहरीले पक्राउ गरेका छन्  । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ मा बस्ने २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन्। 

आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रुपैयाँ र आशिषले ११ लाख ५० हजार रुपैयाँ  लिएर  फरार भएको भन्ने पीडितले भनिएको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ बाट आदर्शलाई र आशिषलाई  पक्राउ गरेको थियो । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend