मंसिर ११ गते २०८३ || November 26, 2026

काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेका ६ जना पक्राउ


सोमबार, मंसिर ८ २०८२०३:४९

काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेका ६ जना पक्राउ

काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेका छन्  । पक्राउ पर्नेमा पनौती नगरपालिका–७ का ३५ वर्षीय रिजन सैँजूसहितका अरु व्यक्तिहरू छन् ।

पनौती–९, भण्रीगाउँस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा आइतबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएका छन्  । नगद तीन लाख ६ हजार ४५५ रुपैयाँ, १६ थान कौडा र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend