मंसिर ११ गते २०८३ || November 26, 2026

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन


सोमबार, मंसिर ८ २०८२०४:०४

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा आज  निधन भएको छ । आज अपराह्न आफ्‍नै निवासमा उनको निधन भएको हो । बिरामी परेर अस्पतालमा उपचारका क्रममा धर्मेन्द्रको निधन भएको हल्ला चलेपछि त्यसको चर्को आलोचना भएको थियो । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्‍यक्ति गरेका छन् ।

धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ । एउटा विशाल मेगास्टार, मुख्‍यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनु हुनेछ ।

अमिताब बच्चन, आमिर खानलगायत बलिउडका दिग्गज कलाकारहरू अन्तिमसंस्कारका लागि पुगेका छन् । धर्मेन्द्र अमिताबको मुख्य प्रतिस्पर्धी मानिन्छन् । यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्स सहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend