सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूको एक समूहले आज प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले बस्नेतविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । बस्नेत आज बिहान मात्रै सुर्खेत आएका थिए । युवा संघको आयोजनामा वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार कार्यक्रम तय गरिएको संगठनले जानकारी दिएका छन् ।