मंसिर ११ गते २०८३ || November 26, 2026

सुन र नगद लुटपाट गरेको आरोपमा चार जना पक्राउ


बिहीबार , मंसिर ११ २०८२१२:२२

सुन र नगद लुटपाट गरेको आरोपमा चार जना पक्राउ

नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगद सहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी,  २० वर्षीय विशाल राई, १८ वर्षीय साजन तामाङ र  १९ वर्षीय समिर तामाङ रहेका छन्। उनीहरूले गत मङ्सिर ८ गते महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ।

उनीहरूले मोटरसाइकलबाट आएर लुटपाट गरी भागेका थिए। पक्राउ परेकासँग प्रहरीले मोबाइल, चाँबीको झुप्पो लगायतका सामानसहित १२ दशमलव ६३० ग्राम सुनको झुम्का, ७ दशमलव ८ लालको सुनको टप, दुई हजार ५०० रूपैयाँ नगद बरामद गरेका  छन् । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend