वेवारिसे शव व्यवस्थापन गर्न पशुपति आर्यघाट जाने कार्यक्रम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले स्थगित गरेका छन् । प्रसाईंको पहलमा १० वटा वेवारिसे लास अन्त्यष्टि गर्न लागेको र त्यसका लागि आज दिउँसो ठिक १ बजे पशुपति आर्यघाट जाने कार्यक्रम तय भएको 'नागरिक बचाऊ महाभियान'ले हिजो जानकारी दिएको थियो । तर, शव दाहसंस्कार गर्ने प्रक्रिया नपुगेकाले स्थगित गरिएको आज अर्को जानकारी गराइएको छ ।
वेवारिसे व्यवस्थापन केन्द्रका अध्यक्ष बस्नेतले विगत डेढ दशकदेखि वेवारिसे शवकाे सदगद् गर्दै आएका छन् । याे अवधिमा उक्त संस्थाले झण्डै सात हजार वेवारिसे शवकाे सदगद गरिसकेकाे छ । देशका विभिन्न जिल्लामा शाखा कार्यालयसमेत खाेलेर केन्द्रले वेवारिसे शव सद्गगद गर्दै आएकाे छ ।