मंसिर ११ गते २०८३ || November 26, 2026

काठमाडौं महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम


पिपल अनलाइन
आइतबार, मंसिर २१ २०८२११:२०

काठमाडौं महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ५५ किलोमिटर सडक कालोपत्रे भएको छ । ३ वर्ष नियमित चल्ने कार्यक्रमको लागत २ अर्ब ५२ करोड ४७ लाख रूपैयाँ हो ।

पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रममा हरेक वर्ष करिब १ अर्ब खर्च हुने अनुमान छ । वडाबाट प्राप्त मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने कार्यक्रममा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्ने जस्ता काम हुन्छन् । यो काममा २ अर्ब ९९ करोड ९९ लाख लागत अनुमान गरिएको थियो । काठमाडौंलाई ४ भागमा बाँडेर आयोजना सञ्चालनमा छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend