मंसिर ११ गते २०८३ || November 26, 2026

हेटौंडामा घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने


पिपल अनलाइन
आइतबार, मंसिर २१ २०८२१२:०४

हेटौंडामा घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने निर्णय गरेको छ।

सडक विस्तार गर्न शनिबार हेटौंडाका सडक आसपासमा रहेका घरमा डोजर लगाइएको थियो। अदालतको आदेशविपरीत डोजर लगाएको भन्दै आलोचना पनि भएको छ।

आज बसेको उपमहानगरको ७६ औं कार्यपालिका बैठकले मंसिर ११ गतेको ७५ औं नगर कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयनका सम्बन्धमा समीक्षा गरेको थियो।

हेटौंडा बजारभित्र पर्ने राजमार्गको दायाँ-बायाँ सडक विस्तार गर्न सहयोग गर्नु हुने घरधनी, व्यवसायी, उपमहानगरबासी र अन्य सरोकारवाला सम्पूर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय उपमहानगरको छ।

सडक विस्तारमा प्रभावित घरधनीहरूको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

सडक विस्तारका क्रममा प्रभावित भई व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिई व्यवसाय सुरू नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि नगर सभा समक्ष पेस गर्ने र सडक विस्तारबाट प्रभावित भई जग्गाको अंश नरहने तथा अन्यत्र घरजग्गा नभएका घरधनीहरूको वडा कार्यालय मार्फत विवरण संकलन गरी मालपोत कार्यालय मार्फत विवरण जाँच गरी घरवार विहिनलाई आयोजना मार्फत आवास व्यवस्थापन गर्न उपमहानगरपालिकाले सहजीकरण र समन्वय गर्ने निर्णय बैठकले गरेको छ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend