मंसिर ११ गते २०८३ || November 26, 2026

लेटाङ घटनाबारे प्रहरीको निष्कर्षः अंशुको बलात्कारपछि हत्या


आइतबार, मंसिर २१ २०८२०२:३२

लेटाङ घटनाबारे प्रहरीको निष्कर्षः अंशुको बलात्कारपछि हत्या

दसैं भर्खरै सकिएको थियो। मोरङको लेटाङ नगरपालिका–२ फडानीका नबिन गौतमकी १२ वर्षीया छोरी अंशु गौतम त्यसदिन साथी युरिका महतारासँग स्कुल नजिकैको चौरमा खेलिरहेकी थिइन्। 

त्यहीबेला उनीहरूलाई  छिमेकी पदम अधिकारीले बोलाउँछन्। उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथी युरिकाले पदमसँग पैसा माग्छिन्।

उनले पाँच रुपैयाँ दिएर युरिकालाई दिदीलाई लिएर जंगलको मुखमा आउन भनेर अह्राउँछन्। युरिका त्यहाँबाट हिँडेपछि पदमले अंशुलाई आफूसँगै घाँस काट्न जान प्रस्ताव गर्छन्। 

५९ वर्षका पदमले अंशुलाई आफूलाई घाँस काट्न सहयोग गर्न प्रस्ताव गरे। पिता समान छिमेकीले गरेको प्रस्ताव नाबालिग अंशुले टार्न सकिनन्। उनले अंशुलाई  पैदल नै जंगलको मुखसम्म आउन भनेर आफू साइकलमा त्यता लागेका थिए। 

जंगलको मुखमा पर्खिरहेका पदमले अंशु आइपुगेपछि साइकलको पछाडि राखेर  झण्डै ४ किलोमिटर भित्र जंगलमा पुर्याउँछन्। लगत्तै  बलात्कारपछि घाँटीमा थिचेर हत्या गर्छन्। अनि हँसियाले घाँटी समेत काटेर शवको व्यवस्थापन वीभत्स रूपमा गर्छन्। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend